1 - यशु को जन्म

दृश्यहरू : 481

विवरण

तपाई अन्तिम पल्ट कहिले आश्चर्यचकित हुनुभएको थियो? तपाई कहिले यस्तो चिज संग मिल्नु भयो जसले गर्दा अत्यन्त आश्चर्यचकित हुनुभयो? त्यसमा दुई चिज हुन्छ | पहिलो जुन काम तपाई गर्दै हुनु हुन्थ्यो त्यस कामलाई अगाडि बढाउन रोक्ने गर्दछ र दोस्रो जुन विस्मातजनक हुन्छ उसैले आश्चर्यचकित हुने गर्दछ | त्यस रात जब यशुले जन्म लिए आकाशका स्वर्गदूत र पृथ्वीका मानव जाति आफनो काम छोडी डरले त्रसित भए | त्यस पछी एक स्वर्गदूतले उनलाई भने: “डराउनु पर्दैन, किनभने म तिमीहरूलाई शुभ-समाचारहरू भन्न लागेकोछु। यसले सबै मानिसहरूलाई अत्यन्त हर्षित तुल्याउनेछ। 11 किनभने आज नै दाऊदको शहरमा तिमीहरूको निम्ति एउटा मुक्तिदाताको जन्म भएको छ। उहाँ ख्रीष्ट, प्रभु हुनुन्छ ।” यशु को छोटो उमर को सुरूवात मा यस्तो चमत्कार को निशाना लगाए किनकी यही नै यसुको भविष्यमा हुने कदम थियो; जो एक ठुलो व्यक्तिले गर्ने वा कुनै भविष्य अनुमान लगाउने भविष्यवाणी कर्ता भन्दा केही ज्यादा थियो | यशु यस्ता एक मात्र व्यक्ति थिए जसले पाप रहित जिन्दगी बाँचेका थिए | अनि पूर्ण रूपमा मानव पनि थिए र पूर्ण रूप मा प्रभू पनि | भगवानले यशु को जन्म राजदरबारमा पनि घोषणा गर्न सकथे तर उनले गोठालाहरु कहाँ पठाईदिए | के यो खबरले तपाई आश्चार्यमा त पर्नु भएन ?