कथाको सारांश

यशु को जन्म1 - यशु को जन्म

तपाई अन्तिम पल्ट कहिले आश्चर्यचकित हुनुभएको थियो? तपाई कहिले यस्तो चिज संग मिल्नु भयो जसले गर्दा अत्यन्त आश्चर्यचकित हुनुभयो? त्यसमा दुई चिज हुन्छ | पहिलो जुन काम तपाई गर्दै हुनु हुन्थ्यो त्यस कामलाई अगाडि बढाउन रोक्ने गर्दछ र दोस्रो जुन विस्मातजनक हुन्छ उसैले आश्चर्यचकित हुने गर्दछ | त्यस रात जब यशुले जन्म लिए आकाशका स्वर्गदूत र पृथ्वीका मानव जाति आफनो काम छोडी डरले त्रसित भए | त्यस पछी एक स्वर्गदूतले उनलाई भने: “डराउनु पर्दैन, किनभने म तिमीहरूलाई शुभ-समाचारहरू भन्न लागेकोछु। यसले सबै मानिसहरूलाई अत्यन्त हर्षित तुल्याउनेछ। 11 किनभने आज नै दाऊदको शहरमा तिमीहरूको निम्ति एउटा मुक्तिदाताको जन्म भएको छ। उहाँ ख्रीष्ट, प्रभु हुनुन्छ ।” यशु को छोटो उमर को सुरूवात मा यस्तो चमत्कार को निशाना लगाए किनकी यही नै यसुको भविष्यमा हुने कदम थियो; जो एक ठुलो व्यक्तिले गर्ने वा कुनै भविष्य अनुमान लगाउने भविष्यवाणी कर्ता भन्दा केही ज्यादा थियो | यशु यस्ता एक मात्र व्यक्ति थिए जसले पाप रहित जिन्दगी बाँचेका थिए | अनि पूर्ण रूपमा मानव पनि थिए र पूर्ण रूप मा प्रभू पनि | भगवानले यशु को जन्म राजदरबारमा पनि घोषणा गर्न सकथे तर उनले गोठालाहरु कहाँ पठाईदिए | के यो खबरले तपाई आश्चार्यमा त पर्नु भएन ?

भिडियो हेर्नुहोस्


यशुको बपतिस्मा2 - यशुको बपतिस्मा

बपतिस्मा ले क्रिस्टियन विश्वासीहरूलाई तिनीहरुको विश्वासको जग र मानव इतिहासको केन्द्रिय घटना – हाम्रो पापको लागि क्रस मा यशुको मृत्यु | जब भविष्यवाणी कर्ता जोनले यशुलाई सुनाउदै थिए स्वर्गवाट एउटा आवाज ले भन्यो, “तिमी मेरा पुत्र हौ अनि म तिमीलाई प्रेम गर्छु। म तिमीसँग अत्यन्त खुसी छु।” जोन, जसले बपतिस्मा दिने गर्छन, उनले पापको क्षमा पश्चाताप को बारेमा प्रचार गर्थे | धेरै पनिसहरु आफनो पाप स्वीकार गर्न, पश्चाताप गर्न र बपतिस्मा लिन जोनको प्रवचनप्रचार सुन्न आउने गर्दथे | जोन ले उनिहरूलाईभने, “मभन्दा पछि एक मानिस आउनु हुनेछ, उहाँ मभन्दा महान हुनुहुन्छ। म निहुरेर उहाँको जुत्ताको फित्ता खोलिदिने योग्यको छैनँ। 8 म पानीद्वारा तिमीहरूलाई बपतिस्मा दिन्छु तर उहाँले त तिमीहरूलाई पवित्र आत्माले बपतिस्मा दिनुहुनेछ।” त्यसैले, जब जोनले यशुलई नदिमा बपतिस्मा दिए र यशु पानीबाट वाहिर निस्कदै थिए, स्वर्ग खुल्यो र प्रभूको आवाजले भन्यो, “तिमि मेरा प्यारो छोरा हौ | मा तिमीसंग धेरै खुसी छु” (यशयाह ११:२, ४२:१) | प्रभुको आत्मा एक ढुकुरपरेवा जसरी तल झर्यो र यशयाह को भविष्यवाणी पूरा हुने गरी यशुमाथि अवतरण गर्यो | अर्को दिन जब जोनले यशु आईरदेको देखे उनले अतालीएर भने, “हेर, परमेश्वरका भेगे जसले संसारको पापहरू उठाई लाने छ।” (यूहन्ना १:२९ ) | यूहन्नाले भने, “मैले यो सबै भइरहेको देखेकोछु। मैले स्वर्गबाट आत्मा ओर्लँदै गरेको देखें। मैले पवित्र आत्मालाई ढुक्कुर जस्तै देखें अनि उहाँमाथि बसेको देखें। मैले यो देखेको हुँ र म गवाही पनि दिन्छु कि उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ।” (यूहन्ना १:३३-३४) |

भिडियो हेर्नुहोस्


कुवाको छेउमा एक नारी 3 - कुवाको छेउमा एक नारी

जुडेया देखि गालिली सम्मको छोटो बाटो सामारिया देखि थियो | प्राय यहूदीहरुले सामारिया हुदै जानको लागि अस्वीकार गर्दथे किनभेन उनिहरुले सामारियावासीलाई मन पार्दैनथे | यो बाटो जाँदै गर्दा यशु र उनका चेलाहरू सूखार भन्ने गाऊँ मा आई पुगे जहाँ याकूब बसेको थियो र उसले आफ्ने छोरो यूसुफलाई जमिन दिएको थियो | याकूबको कुवापनि त्यहि थियो | यशु आफनो यात्रादेखि थाके र करिब मध्यन्ह तिर उनि त्यही कुवाको छेउमा आराम गर्न बसे | जब सामारियावासी नारी कुवामा पानी लिन आईन, उनले आफनो पानी यशुको छेउमा राखिन | यशुले ति महिलालाई सोधे, “मलाई पानी दिनुहुन्छ?” नारी छक्क परिन र भनिन, “तपाईंले पानी मागेको देखेर म छक्क परे। तपाईं यहूदी हुनुहुन्छ अनि म एउटी सामरी स्त्री”
 यशुले उत्तर दिए, “यदि परमेश्वरले के प्रदान गर्नु हुन्छ अनि ऊ जसले पानी माग्दैछ, तिमीले जानेको भए, तिमी मलाई माग्ने थियौ र म तिमीलाई जीवन जल दिनेथिएँ। ”
 यशुले “जीवन जल” भनिरहदा के भन्न खोजिरहेका छन् ?
 पछि कुराकानी हुँदै गर्दा; उनिहरुको छलफल, ति महिलाको व्यक्तिगत (निजी) जीवन देखि सार्वजनिक पूजापाठ सम्म पुग्यो | यशुले भने, “मलाई विश्वास गर, नारी! एक समय आइरहेकोछ जब तिमीले पितालाई यो पहाडमा अथवा यरूशलेमा आराधाना गर्ने छैनौ। तिमी सामरीहरू जे आराधना गर्दछौं, त्यो जान्दैनौ। हामी यहूदीहरू के आराधना गर्दछौं त्यो जान्दछौं। मुक्ति यहूदीहरूबाटै आउँदछ। 23 समय आइरहेछ जब सत्य आराधकहरू आफ्ना पितालाई आत्मा र सत्यतामा आराधाना गर्नेछन्। अनि त्यो समय आइसकेको छ। यस किसिमका आराधकहरूलाई नै पिताले चाहनुहुन्छ।” ति महिला ले भनिन , “म जान्दछु मसीह (ख्रीष्टलाई भनिन्छ) आउनु हुँदैछ। जब उहाँ आउनुहुन्छ, उहाँले हामीलाई प्रत्येक कुराको व्याख्या गर्नु हुनेछ।” त्यसपछि यशुले भने, “एक जो तिमीसित बोलिरहेछु, म मसीह हुँ।”
 यशुले साचो भक्तहरुले आफ्ना पिताको पूजा आत्मा र सत्यतामा गर्दछन् भनेर के भन्न खोजिरहेका छन् ?

भिडियो हेर्नुहोस्


बीउ रोप्ने किसानको दृष्टान्त कथा 4 - बीउ रोप्ने किसानको दृष्टान्त कथा

एक किसान प्राय गरेर आफनो उन्नत बीउ रोप्नेको लागि उ विश्वस्त हुन्छ कि उक्त माटोले उक्त बीउ लिन तयार छ, ता कि त्यो बीउबाट किसानले मनग्य उत्पादन लिन सकोस | यो दृष्टान्त कथामा, जुन कुरा यशुले भनेका छन्, यस्तो लाग्छ कि बीउ रोप्ने किसान हरेक किसिमको माटोमा बीउ उदारतापूर्बक छर्ने गर्दछ : दुंगामाथि, काँढाको वीचमा, व्यस्त सडकतिरा केही दाना उर्भर माटोमा | किसानलाई निश्चितरूपमा थाहाँ हुन्छ कि सबै बीउले फल दिदैन अंकुराउदैन, र कहिले त केही पनि दिदैन | त्यसैले, यशुले के भानिरहेका छन् त ? पहिले त हामीले किसान र बीउ को पहिचान गर्नु पर्दछ | यशुले कथा भनिरहेका छन् उनले स्पस्ट तरिकामा जनाईरहेका छन् कि उनि आफैमा उक्त किसान हुन् | बीउ भगवानको सत्य हो | अनि उक्त चार प्रकारको जमिन ले के प्रतिनिधित्व गर्छ ? यस दृष्टान्त् कथामा हाम्रो जीवन, हाम्रो मानवता, हाम्रो हृदय लाई लक्षित गरिएको छ |
 त्यसो भए एउटा प्रश्न गरौं कि ... के किसानले आफनो बीउ कहाँ छरिन्छ भनी वास्ता नगरी हावामा छने गर्दछ ? यशु जसले बीउ रोप्छन , उनको धारणा अलग छ | उनको पूरा विश्वास छ कि उन को बीउ मह्ये कुनै न कुनै बीउ राम्रो जमिनमा छरिन्छ अनि हेर यसले के गर्छ | यो एक सय गुना पैदावर हुन्छ |
 अब उनको यो दृष्टान्त कथा प्रति हाम्रो प्रतिक्रिया के हो त ? म मेरो जीवन, मानवता, हृदय कसरी तयार गरू तब कि म भगवानको बीउ पाउन सकु ? यो सब हामी आफै वाट सम्भव छ कि हाम्रो हृदय खोल्नु पर्छ र उक्त बीउ प्राप्त गर्नु पदछ प्रभुका पुत्र यशु मार्फत |

 

भिडियो हेर्नुहोस्


एक असल सामरी 5 - एक असल सामरी

मेरो छिमेकी को हो ? सुरुमा यो प्रश्न हामी सबैलाई अवगत नै छ | यो, त्यो व्यक्ति हो जो हाम्रो नजिकमा वसोवास गर्दछ, जो समुदाय मा वस्दछ, जो राजनीतिक सम्बन्धमा रहन्छ, हाम्रो नगरमा रहन्छ, वा एकै देशमा वसोवास गर्दछ, ऊ नै हाम्रो छिमेकी हो | यदि वासीले कोई हाम्रो छिमेकी नांगै लुटिएको, पिटिएको र संकुकुनामा छोडिएको भेटियो भने एक छिमेकीको नाताले सहयोग गर्न सक्छौं | तर यशुले एकदमै फरक प्रकारको छिमेकीको चित्र कीरेका छन् | हिम्मत गारेर यो कथा पढ र यी पाँच कुराले विचार सोच को लागि निकै लाभदायक हुनेछन् |
१ – एक असल सामरीले उनि माथि दया गरिन र उनले माने |
२ – मानिसको कुटपिटको दौड़ धुप बाट अवहेलना भएपनि, एक असल सामरीले जातीय भिन्नतालाई पर राखिन |
३ – कुटपिट बाट लागेको उपचारखर्च, फिर्ता पाउने कुनै आशा बिना, आफ्नै खल्तीबाट गरिन् |
४ – सामरीले आफ्नो एक राम्रो प्रतिष्ठा बनाएकै कारण उनको वचनमाधरधनीले उनलाई लगे |
५ – सामरी एकदमै ठूलो हृदय भएका व्यक्ति थिए | उनलाई ठूलो ऋण लाग्न पनि सक्थ्यो, जहाँ सम्मकी उक्त छाइतेलाई पूनः आफ्नो खुट्टामा उभ्याउने वेला सम्म | जब यशुले आफ्नो दृष्टान्त समाप्त गरे, व्यवस्थापक, जसले प्रश्न गरे जून प्रश्नले स्तब्ध भयो कि उनलाई लाग्यो उनी परीक्षा मा पास हुदैनन् |
 अनि हामी सक्छौ ? मलाई थाहा छ कि प्रभूको सहायता बीना मैले सक्दिन |

 

भिडियो हेर्नुहोस्


प्रभुको प्रार्थना 6 - प्रभुको प्रार्थना

तपाँई कहिलेकाही जीवनको उत्तरदायित्वले थिचिनु भएको छ र तपाईलाई चिन्ता, हडवडी अनि पीडाले सताएको छ ? के यो दुनियाले हाम्रो सानो कल्पनालाई यो महान सृष्टीको आयोजनामा स्वीकार गर्छ ? हावा को एक झट्का, स्वास र एक सेकेन्डमा विलिन हुन्छौ, हामी नगण्य छौ |
 यी सब थोकमा प्रभू कहाँ छन् ? उनको के विचार छ ? के प्रभुले ख्याल राख्छन् ? यशुले भने, प्रभुले ख्याल राख्छन् | यशुले प्रभुलाई कसरी सम्बोधन गर्नु पर्दछ र प्रभुको कसरी प्रार्थना गर्नुपर्छ भन्ने बारे हामीलाई सिकाउछन् | सबै भन्दा राम्रो उनले भगवानलाई आफ्नो पिता सरह व्यवहार गर्न सिकाउछन् | कि हाम्रा पिता प्रभु हामीले फेर्ने सास सरी नाजिक छन् | उनको राज्य छ | उनले हामीलाई उनको राज्य को एक भाग बनाउन चाहन्छा | र उनका सिर्जनाका योजनामा बाड्न चाहन्छन् | यशुले आफ्ना १२ अनुयायी लाई प्रार्थना गर्न सिकाए र यसले उनिहरुको जीवन परिवर्तन गर्यो र हाम्रो जीवन पनि परिवर्तन गर्न सक्छ |

भिडियो हेर्नुहोस्


गलगता 7 - गलगता

यशुलाई पुनः क्रूसमा चढाईएको हेर्न कठिन छ | केरी किन क्रिश्चियनहरुले यो क्रूर घटनलाई ध्यानमा राखेर जिद्धी गर्दछ ? धेरै मानिसहरु यशुलाई अशल व्यक्तिको रूपमा सम्झीन चाहन्छन्, महान अगमवक्ता पनि यही चाहन्छन्, तर उनिहरु यशुलाई क्रूस मा चढाएको ईन्कार गर्दछन् | यशु लाई क्रूसमा चढाउन् ईन्कार गर्नु भनेको भगवानले मानवजातिको दया प्रति दुश्चरित्र देखाउनु हो | यशुलाई क्रूसमा चढाएकै कारण हाम्रो पापको भारी पनि यशुसगै क्रूसमा मृत्युदण्ड दिईयो | प्रभुले भनेका छन् की हाम्रो पापले भरिपूर्ण प्रकृतिले कुनै राम्रो चीज को उत्पादन गर्न सक्दैन | उनले पाप एक भ्रष्ट हो, काम नलाग्ने चीज हो त्यसैले क्रिष्ट सँगै क्रूसमा चढाएर मृत्युदण्ड दिनु पर्दछ भन्ने कुरामा विचार गरेका छन् | यो क्रूसमा चढाउने दुखदाई कार्य द्वारा, प्रभुले तिनीहरुको पापले भरिपूर्ण प्रकृति लाई मृत्युदण्ड दिएर उनिहरुलाई पश्चताप स्वीकार्य गरेर यशु क्रिष्टमा विश्वास गर्दछन् | यशुको चेला पौलुसले रोमियन ६:६ मा लेख्छन् कि हाम्रो पुरानो जीवन ख्रीष्ट सँगै क्रूसमा मर्यो।” अगाडि रोमियन ६:११ मा भान्छन् कि, “त्यस्तै प्रकारले तिमीहरूले पनि पापको कारणले मरेको सम्झ। अनि ख्रीष्ट येशूमा परमेश्वरको निम्ति जीवित भएको ठान।” विश्व को लागि यस्तो विश्वास मुर्ख लाग्छ | तर पनि यो भयानक घटनाले विश्वको लागि ईश्वरको आशिर्वाद दिएको छ र यस घटनाद्वारा मानिसको बुद्धिले गर्न नभ्याएको चीज दिएको छ – अथवा मानव जाति को पापको बन्धन बाट मुक्ति दिएको छ |

भिडियो हेर्नुहोस्


यशु मृत्युपछि उठेका छन् 8 - यशु मृत्युपछि उठेका छन्

यशूलाई क्रूसमा चढाएपछि कथाको अन्त्य भएको छैन वास्तवमा, धेरै तरिकाले यो सुरुआत हो | जब यशु कोठामा आफ्ना चेलाहरु संग प्रकट भए, उनले तिनिहरुको डर शान्त पारे, शान्तिको कामना गरे र पुरानो नियममा परमेश्वरका प्रतिज्ञाहरू पूरा भएको कुरा उनिहरुलाई देखाउदै गए | लूका २४:४४ मा हो | यशुले स्पष्ट रूपमा आफूले आफैलाई देखाएका छन् कि उनीं प्रभुको वाचा पूरा गर्न सक्छन् | यशुको चेला पौलुसले पछी यो अशल समाचार लाई यसरी बयान गरेका छन् कि “हाम्रो पापहरूको निम्ति ख्रीष्टको मृत्यु भयो, जस्तो धर्म शास्त्रे भन्छः 4 कि ख्रीष्ट गाडिए अनि तीन दिन पछि बौरिए, जस्तो धर्मशास्त्रले भन्छ” (१ कोरिन्थ १४:४) | यदि यशु मृत्युपछि नउठेको भए, ईसाई धर्म व्यर्थ हुन्थ्यो | मानिसको पापको लागि मरेर फेरी नउठेको भए यस्तो सु-समाचार बन्ने थिएन | यसुका चेलाहरु माथि आईपरेका शंका यशुमरेपछि केही क्षणमै मेटिए जब देवदूतले महिलालाई चिहानमा भन्ने, “जीउँदो मानिसहरूलाई तिमीहरू किन मरकोहरूको माझमा खोजिरहेकाछौ? येशू यहाँ छैनन्। उहाँ मृत्युबाट बौरी उठ्नु भएकोछ।“ (लूका २४:५-६) |
 
 तपाईको मुक्तिको निम्ति यशु क्रिष्टको मरणमा विश्वास गर्छौ, जून पापवाट छुटकारा र नतिजा हो ?
 के तिमि विश्वास गर्छौ कि यशु उनी हुन् जो उनले भनेका छन् ?

भिडियो हेर्नुहोस्